खैरो हेरोइनसहित एक जना पक्राउ
बारा । बारा प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोकबाट भारत विहार, जिल्ला मोतिहारी, थाना हरपुर, ग्राम पञ्चायत हरपुर वडा नं.१२ ग्राम रामपुर बस्ने वर्ष ३२ का नवाब हुसेनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
हुसेनले चलाई ल्याएको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजरको भागमा लुकाई छिपाई राखेको अवस्थामा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको बारा प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्