तपाईँ सुन्दै हुनुहुन्छः

अवैधमा सङ्कलन गरेको ४० क्वीइन्टल जडीबुटी प्रहरी नियन्त्रणमा  

जुम्ला । जुम्लामा अवैध रुपमा सङ्कलन गरी बजारमा विक्रीका लागि लादै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । सङ्कलन पुर्जी र छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीइन्टल सेतक चिनी जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको हो । 

जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो । चेकजाँचका क्रममा सङ्कलन पुर्जी र छुट पुर्जी भेटिएन । 

प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो,“विना अनुमति अवैध रुपमा सङ्कलन गरी बेच्न लैजाँदै गरेका दुवै ट्याक्टरमा ल्याएको ४० क्वीइन्टल जडीबुटी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा बुझाएको छ । चालक सहित जडीबुटी सङ्कलक सबैलाई कारबाहीका लागि वन कार्यालयलाई बुझाएका छौ ।”

पातारासी गाउँपालिका ७ बस्ने टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको हो । सङ्कलन पुर्जी तथा छुट पुर्जी जडीबुटी ओसारपसार गर्नु अवैध मानिन्छ । तर गाउँमा खुलेआम कानुन विपरीत वन पैदावार जडीबुटी सङ्कलन गर्ने गरेको भेटिन्छ । 

यस्ता कार्यकालाई रोक्न वन कार्यालयले आफ्नो सचेतनामूलक कार्यक्रम गाउँ गाउँमा सञ्चालन गर्ने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताउनुभयो ।  जडीबुटी सहित नियन्त्रणमा आएका चालक र सङ्कलक सबै सँग बुझेर प्रक्रियामा जाने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button