सबै भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा

काठमाडौँ । भन्सार विभागले सबै भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
विभागले निकासी पैठारी गरेबापत बुझाउनु पर्ने राजस्व रकम आफ्नो बैक खाताबाट राजस्व खातामा विद्युतीय प्रणाली मार्फत जम्मा गर्न सक्ने गरी विकास गरिएको विद्युतीय भुक्तानी प्रणाली ७० औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधवारदेखि सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिनुभयो ।
विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आएपछि भन्सार कार्यालयको नाममा वित्तीय संस्थाहरूले गुड्स फर पेमेन्ट तथा धरौटी चेक जारी गर्न नपाइने विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्