तपाईँ सुन्दै हुनुहुन्छः

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छलफलमा उहाँले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष मगरले सिटामोल लगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायतका विषयमा सरकारले थप ध्यान पुर्‍याउन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button