तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा सात दिनको लागि स्थगित

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयद्वारा प्रवाह हुँदै आएको सेवा स्थगित गरिएको छ ।

कार्यालयमा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुनका साथै अन्य केही कर्मचारीहरूमा समेत कोरोनासँग मिल्ने लक्षण देखिन थालेपछि प्रशासन कार्यालयले माघ १० गतेबाट १६ गतेसम्म एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरिएको हो ।

कार्यालयले नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीको दस्तखत आवश्यक रहेका कार्यहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा, आदेश सिफारिस लगायतको सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

संक्रमित कर्मचारीहरू होम आइसोलेसनमा रहेको र कुनै गम्भीर लक्षण नदेखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button