तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको सदरमुकाम फिदिमको नाम्दु भीरबाट लडेर एक जना पुरुषको  गएराती मृत्यु भएको छ । 

फिदिम नगरपालिका वडा नं १ मालबाँसे निवासी ४९ वर्षीय रुपबहादुर राईको मृत्यु भएको फिदिम वडा नं १ की वडा सदस्य लक्ष्मी नेम्बाङले बताउनु भएको छ । 

छिमेकी गाउँ रानीटारबाट घरतर्फ फर्कने क्रममा नाम्दु भीरबाट करिब तीन सय मिटर तल खसेर मृत्यु भएको र उनको शव आइतबार  स्थानीयले  खोजी गर्दा मृत अवस्थामा भीरमा फेला परेको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको स्थानीयले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button