बाँकेमा ८३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज। बाँकेमा आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन जम्मा परीक्षणको ६६.४० प्रतिशत हो ।
भेरी अस्पतालको पिसिआर ल्याबमा ५२ जना र कोहलपुर मेडिकल कलेजको ल्याबमा ३१ जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये बाँकेका ६२ जना छन् । पछिल्लो २४ घण्टामा भेरीमा ७७ र मेडिकल कलेज कोहलपुर ल्याबमा ४८ गरी कुल १२५ स्वाब परीक्षण गरिएको छ ।
बाँकेमा आज २५ जना निको भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या बढेको छ । ४० जना अस्पताल र आइसोलेसनमा उपचाररत छन् । ती मध्ये ३७ जनाको अवस्था मध्यम छ भने २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।
यस्तै जमुनाहा नाकामा ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतबाट आएका थप ३२ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्