मल बिक्री केन्द्रका तत्कालीन जुनियर सहायक विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेटिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र, सत्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा मलको नियमानुसार हिसाब नराखी आफूखुसी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको उजुरीको आधारमा अनुसन्धान गर्दा १८ लाख, ७६ हजार ६६४ रुपैयाँ बराबरको रकम हिनामिना गरेको खुलेकोले विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार पासवानविरुद्ध १८ लाख, ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्