तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडको जोखिमलाई मध्यनजर गर्दै पाल्पामा मेला महोत्सव गर्न रोक

पाल्पा । बढ्दो कोभिडको जोखिमलाई मध्यनजर गर्दै पाल्पामा मेला महोत्सव गर्न रोक लगाइएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पाल्पाको आज बसेको बैठकले आज राती १२ः०० बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्म जिल्लामा मेला महोत्सव, प्रशासनिक तथा सांस्कृतिक कार्यक्रम, जात्रा, भेला, जुलुस र्‍याली जस्ता भिडभाड हुने गतिविधि गर्न रोक लगाएको छ ।

 बैठकले अतिआवाश्यक बैठक तथा कार्यक्रम गर्नुपरेमा २५ जनाभन्दा कम जम्मा भई स्वास्थ्य मापदण्ड पालनासहित गर्न सकिने जनाएको छ । 

कोभिडको जोखिमलाई ध्यान दिँदै पहिले सञ्चालनमा आएका आइसोलेसन, क्वारेन्टाइनहरुलाई तयारी अवस्थामा राख्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button