तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष दाहालको पदस्थापन

मकवानपुर । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालको पदस्थापन भएको छ ।

आइतबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले दाहाललाई पदस्थापन गराउनुभएको हो ।

पदस्थापन गर्नुहुँदै प्रमुख खुलालले युवाका क्षेत्रमा राम्रोसँग प्रभावकारी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले युवालाई स्वरोजगार बनाउने र नेतृत्व विकासका क्षेत्रमा अगाडी बढाउन भूमिका निर्वाह गर्न सुझाव दिनुभयो ।

गत फागुन ४ गते अध्यक्षमा नियुक्त हुनु भएका दाहाल पदस्थापन गर्नुहुँदै कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको हो । सो क्रममा अध्यक्ष दाहालले मकवानपुरमा युवाका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले युवाहरूको विकास र अधिकारका लागि के गर्न सकिन्छ भन्ने खाका तयार पारेको र सोही अनुसार अगाडी बढ्ने समेत जानकारी दिनुभयो । उहाँले राष्ट्रिय युवा परिषद् ऐन २०७२ र नियमावली २०७३ को यूथ भिजनका विभिन्न कार्यहरूलाई अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button