एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ निर्वाचित (नामावलीसहित)

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरको सम्पन्न ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित पाँच पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
कमिटीको उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा सिता विष्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
११ अधिवेशनबाट पदाधिकारीसहित १ सय ५ जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
११औँ जिल्ला अधिवेशनबाट निर्वाचितहरूको नामावली:












प्रतिक्रिया राख्नुहोस्