तपाईँ सुन्दै हुनुहुन्छः

जमुनाहा नाकामा एकै दिन थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा ठूलो सङ्ख्यामा कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएको छ । जमुनाहा नाकामा एकै दिन थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार पनि एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको थियो ।

भारतका विभिन्न राज्यबाट आएका  थप ४६ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । जमुनाहा नाकामा शनिबार ७६६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये ३२ पुरुष र १४ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बिहीबार २७, बुधवार र मङ्गलवार ५–५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार यता भारतबाट आएका १३० जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button