तपाईँ सुन्दै हुनुहुन्छः

कपडा बैङ्कद्वारा कलैयामा न्यानो कपडा वितरण

बारा । वीरगन्ज कपडा बैङ्कले बारास्थित कलैयाको भरत चोकमा न्यानो कपडा वितरण गरेको छ ।

स्व. रामचन्द्र सिंह (क्रान्तिकारी) को पुण्य स्मृतिमा वीरगन्ज कपडा बैङ्कले १ सय ५० थान न्यानो कपडा वितरण गरेको हो ।

संस्थाका संरक्षक सुरेन्द्र कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा दीन दुःखी, असहाय एवम् विपन्न वर्गलाई चिसोबाट बच्न चिटर १०० थान, कम्बल २५ थान र साडी २५ थान गरी १५० थान कपडा वितरण गरियो ।

त्यस अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु, समाज विकास समिति बाराका अध्यक्ष शैलेन्द्र त्रिपाठी, समग्र विकास केन्द्र नेपालका अध्यक्ष लालु कुमार गुप्ता, अर्जुन मेहता, डा. शिवानी पटेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button