जीपलाइन शनिवारदेखि सञ्चालनमा
पर्वत । पर्वतमा निर्माण गरिएको जीपलाइन शनिवारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।
कालीगण्डकी नदीको खोँचमा निर्मित जीपलाइन निर्माण शुरु गरेको एक वर्षमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जीपलाइनको उद्घाटन गर्नुहुँदै पर्वतमा साहसिक पर्यटन सहित समग्र पर्यटन प्रवर्द्धनका लागि गतिलो माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।

कुश्मा नगरपालिका ५ चाक्लेडिलदेखि कुश्मा नगरपालिका ४ साउने बगर पुग्ने जीपलाइनको लम्बाइ १ हजार ४ सय मिटर रहेको छ ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन सुरुमा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्