तपाईँ सुन्दै हुनुहुन्छः

ओली–देउवाबीच समसामयिक राजनीतिका विषयमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओली निवासमा भएको वार्ता सकिएको छ ।दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको हो ।

भेटक्रममा प्रधानमन्त्री देउवाले एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्नु आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसद्को गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गर्नुभएको जानकारी दिनुभयो ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको बताइन्छ । ओलीका प्रेस संयोजक रामशरण बजगार्इले भेटकाक्रममा देशको समसामयिक राजनीतिका विषयमा दुई नेताबीच कुराकानी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button