पूर्वाधार विकास आयोजनालाई प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि बढाउने निर्णय
काठमाडौँ । नवलपरासीमा प्रस्तावित नेपाल विश्व विद्यालयको पूर्वाधार विकास आयोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको छ ।
राष्ट्रिय योजना आयोगको पछिल्लो बैठकले नेपाल विश्व विद्यालय पूर्वाधार विकास समिति अन्तर्गत सञ्चालन हुने उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले विश्व विद्यालय स्थापना तथा सञ्चालनका लागि त्यसको आवश्यकता, औचित्यता र स्रोत व्यवस्थापनलाई आधार मानी राष्ट्रिय मापदण्ड तयार पार्ने र आगामी दिनमा सोही मापदण्डको आधारमा विश्व विद्यालयहरू सञ्चालन हुने गरी व्यवस्था गर्ने निर्णय समेत भएको योजना आयोगका सदस्य प्रवक्ता डा. दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
बैठकले बबई सिचाई आयोजनाको विथ्रि शाखा अन्तर्गत दुई वटा नहर निर्माण कार्यका लागि बहुबर्षीय ठेक्का लगाउन सहमति समेत प्रदान गरेको योजना आयोगले जनाएको छ । सो ठेक्का करिब १ अर्ब रुपैयाँ बराबरको रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्