तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा भीरबाट खसेर वृद्धको मृत्यु

जाजरकोट । जाजरकोटमा भीरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । 

जिल्लाको नलगाड नगरपालिका ४, कोठीगाउँ निवासी ७२ वर्षीय पलबहादुर रावलको रघुनाथबाट घर जाने क्रममा बाउँसेखोला गाउँको भीरबाट लडेर मृत्यु वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले बताउनुभयो । बिहीबार साँझ घर जान हिँडेका रावल बिहानसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी गरेका थिए । 

आज बिहान बाउँसेखोला नजिकैको भीरको तल खोलामा मृत फेला परेका थिए । रावलको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा अस्पतालमा लगिएको र थप अनुसन्धान पनि भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button