तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक प्रतिशोध र आवेगले संसद् बन्धक बनाउन हुँदैन : महामन्त्री शर्मा

इलाम । राजनीतिक इगो र आवेगले  संसद्लाई बन्धक बनाउन नहुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभएको छ । बिहीबार इलाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा शर्माले नेकपा एमालेले संसद् गतिरोध गर्नु उपयुक्त नहुने बताउनु भयो । 

एमालेले संसद्लाई अवरुद्ध गरेर संवादमा सहभागी नभएको र  सर्वदलीय बैठक चल्न नदिएको  आरोप लगाउनु भएको छ । यसअघि शर्माले नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गदै १४ औँ महाधिवेशन पछि काँग्रेस   रूपान्तरित भएको बताउनुभएको छ । 

केन्द्रदेखि टोलसम्मका कार्यकर्तालाई  जिम्मेवार बनाउँदै सक्रिय बनाउने बताउनुभयो । शर्माले अधिवेशनको बेला भएको प्रतिस्पर्धालाई बिर्सेर सहकार्यका गर्दै अघि  बढ्न कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।  

शर्माले उमेरले होइन एजेण्डाले बलियो हुन पर्छ भन्दै  काँग्रेसमा पाको पुस्ता सहित युवा पुस्ता स्थापित भएको बताउनुभयो ।  शर्माले लोकतन्त्र र विकासको पक्षमा कांग्रेस नचुक्ने भन्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गर्नु भएको छ ।  

नेपाली काँग्रेसका जिल्ला सभापति डम्बर खड्काले देशभरबाट इलाममा काँग्रेसलाई पहिलो बताउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।  दश वटै स्थानीय तहमा टोल समिति गठन गरिरहेको भन्दै खड्काले  पार्टीको जिल्ला कार्यालय निर्माणको काम  थालनी गरेकोले सबै कार्यकर्तालाई सहयोग गर्न अनुरोध गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button