तपाईँ सुन्दै हुनुहुन्छः

मेल्लेखको कुस्कोटमा व्यावसायिक अदुवा खेती विस्तार गरिँदै

अछाम । अछामको मेल्लेख गाउँपालिका वडा न ४ कुस्कोट को गाज्रामा अदुवा  खेती  विस्तार कार्यक्रमलाई व्यावसायिक रुपामा अगाडि बढाएको छ ।स्थानीय ज्वालासिंह साउँदले  अदुवा  खेती बिस्तार कार्यक्रमलाई  व्यावसायिक रुपमा अगाडि बढाएका हुन् ।

उहाँले  आफ्नो उत्पादनलाई व्यवसायीकरण गरी समुदायमा कृषि उपजबाट मनग्गे आम्दानी लिन सकिने भन्दै अदुवा खेती सुरुवात गरेको बताएका  छन् ।नगदे बालीको रुपमा रहेको अदुवाको पुरानो खेती प्रणालीलाई आधुनिकीकरण गरी आफ्नो श्रोत साधन र श्रम को उचित प्रयोग गरी पुजी बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

साउदले आफूले एकीकृत व्यावसायिक कृषि फर्म दर्ता गरी आफ्नै बारीमा  अदुवा खेती गरिरहनु भएको छ । आफ्नै बारीबाट मनग्ये आम्दानी लिन सकिने भन्दै उहाँले कुस्कोटको गाज्रामा ७ रोपनी भन्दा बढी जमिनमा अदुवा खेती गर्नु भएको छ ।

मेल्लेख कृषि विकास शाखा बाट १ लाखको स्वअनुदान र बाकी आफ्नै लगानीमा  १० क्विन्टल अदुवा लगाउनु भएको थियो ।१० क्विन्टल अदुवा बाट अनुमानित ५० क्विन्टलको हाराहारीमा अदुवा बीउ उत्पादन  हुनसक्ने बताएका छन् । साउदले पहिलो बर्ष  मेल्लेख गाउँपालिका कृषकहरूलाई बिउको रुपमा वितरण गरी अदुवा  पकेट क्षेत्रको रुपमा विस्तारको  विकास गरिसके पछि मात्रै बजारीकरण गरिने बताएका छन् । 

उहाँले गरेको कामबाट रोजगारीको सिलसिलामा बाहिर जाने युवाहरूका लागि पनि सकाई भएको छ । कृषि क्षेत्रमा पनि लगानी गरे आधुनिक र नयाँ ढङ्गबाट खेती प्रणालीको सुरुवात गरे युवाहरूले पनि विदेशिनु नपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button