तपाईँ सुन्दै हुनुहुन्छः

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ५मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ । 

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौती गरी रेडियो रेडियो वितरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताउनुभयो । 

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उहाँले बताउनुभयो । रेडियो प्राप्त भएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका बसन्ती चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button