तपाईँ सुन्दै हुनुहुन्छः

‘नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न निर्देशन’

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ ।

दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मगलबार मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिनुभएको हो । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिनुभयो ।

समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button