तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

महोत्तरी । महोत्तरीमा दुई छुटाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका ५ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज.६ प. ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । 

दुर्घटनामा सर्लाही भक्तिपुर नगरपालिका ४ घर भई हाल गौशाला नगरपालिका १ रामनगर बस्ने ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यसैबिच मनरासिस्वा नगरपालिका २ स्थित प्र.२–०२–००१ प ०९२४ मोटरसाइकल  र प्रदेश नं. ०२–०३–००३ प ३६५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्र.२–०२–००१ प ०९२४ को मोटरसाइकल चालक सर्लाही चन्द्रनगर नगरपालिका ७ घर भई हाल जनकपुर डेरा गरी बस्ने वर्ष ३३ वर्षीय अजय साह र प्रदेश नं. ०२–०३–००३ प ३६५० को मोटरसाइकल चालक मनरासिस्वा नगरपालिका ५ बस्ने ३८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भई दुवै जनालाई उपचारका लागी जिल्ला अस्पताल जलेश्वरमा पटाइएकोमा उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । 

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका ४ विश्वकर्मा चोकमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button