थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ६ सय ३१ नमुनाको परीक्षण गर्दा २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित २ सय ९ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
सङ्क्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ ।
आज देशभर १ लाख ३३ हजार ८ सय १२ जनाले खोप लगाएका छन् ।









प्रतिक्रिया राख्नुहोस्