तपाईँ सुन्दै हुनुहुन्छः

६५ लाखको तस्करीको समान बोकेको ट्रक सहित चालक पक्राउ

वीरगंज । ६५ लाख मूल्य भन्दा बढीको भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधी बोकेको ट्रक सहित एक जनालाई पर्सा प्रहरीले आज बिहान वीरगंजबाट नियन्त्रणमा लिएको छ । 

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी वीरगंजबाट पोखरा तर्फ जान लागेको ट्रकलाई बिहान १ बजे वीरगंजको घण्टाघर स्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा विल विजक नभएको र भन्सार छलेर भित्र्याएका  खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा त्यसका चालक चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ४ निवासी सुरेश कुमार लामालाई नियन्त्रणमा लिएको खनालले बताउनुभयो । 

ट्रक सहित सामानको ६५ लाख मूल्याङ्कन गरी थप कारबाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button