शाही, पौडेल र गुरुङ काँग्रेस केन्द्रीय समितिमा मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङ कांग्रेस केन्द्रीय कार्यसमितिमा मनोनयन हुनुभएको छ ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम नेता त्रयलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेले बताउनुभएको छ ।
काँग्रेस १४ औँ महाधिवेशनमा गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सह महामन्त्रीमा पराजित हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्