पाल्पा लघुवामा बस दुर्घटना, मृतकको सङ्ख्या ८ पुग्यो

पाल्पा । पाल्पाको रिब्दीकोट–२ लघुवामा मलामी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । लु १ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
स्थानीय शिक्षक दिपक कुवरका अनुसार बुटवलबाट रिडी मलामी बोकेर जाँदै गरेको बस दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो । अन्य विस्तृत विवरण आउन बाकी छ ।








प्रतिक्रिया राख्नुहोस्