तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सचिव मैनालीको निबन्ध सङ्ग्रह ‘घाउ आफैलाई दुख्छ’ विमोचन

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव गोपी मैनालीको निबन्ध सङ्ग्रह ‘घाउ आफैलाई दुख्छ’ को आज विमोचन  गरिएको छ ।

सुरभि साहित्य प्रतिष्ठान काठमाडौँद्वारा आयोजित एक कार्यक्रमबीच सङ्ग्रहको विमोचन गरिएको हो ।

२०२० शाल असार १ गते काभ्रेपलाञ्चोकमा जन्मिनुभएका मैनालीका अवसाद अभिनयी (२०४०,निबन्ध), आँखा भरी रमिता, मनभरी वेदना (२०६३, नियात्रा), अपेक्षा र अनुभूति (२०७४, निबन्ध ) र युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण (२०६८, समालोचना) लगायत कृतिहरू प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button