पोखराको फेवाताल किनारमा सडक महोत्सवको रौनक

पोखरा । पर्यटकीय सहर पोखरास्थित फेवाताल किनारमा आयोजित सडक महोत्सवले रौनकता छाएको छ ।
लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल(रेवान) पोखराले आयोजना गरेको त्रि दिवसीय सडक महोत्सवमा रौनकता छाएको हो ।
अङ्ग्रेजी नयाँ वर्षमा आयोजित महोत्सवले पर्यटक तानेको छ । विगतका वर्षदेखि रेवानले सञ्चालन गर्दै आएको महोत्सव २३औँ संस्करणे हो ।
महोत्सवको स्थलमा विभिन्न २५ भन्दा बढी सांस्कृतिक समूहको झाँकीको रौनक तथा चर्चित कलाकारहरूको सांगेतिक प्रस्तुतिले यति बेला लेकसाईड क्षेत्रमा रौनकता थपेको छ ।
उक्त कार्यक्रमले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार गराउने आशा गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको सडक महोत्सव शनिवारसम्म चल्नेछ ।
शुक्रवार आज अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन रहेकाले पनि दिउसैदेखि मानिसहरूको भिडभाड छाएको छ ।
आज ६० देखि ७० हजार मानिसहरूले मेलाको प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ ।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’को नारा सहित रेवानले सडक महोत्सव आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन गृह मन्त्री बालकृष्ण खाँणले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्