तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से घटेको छ । 

पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २३२.६२ अङ्क बढेको थियो । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरूले प्रोफिट बुक गरेका कारण यस दिन नेप्सेमा करेक्सन भएको हो ।

आइतबार ७१ अङ्कले बढेको परिसूचक  सोमवार ६९.७७ अङ्कले घटेर २५२१.६५ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि यस दिन बजारमा कारोबार रकम भने बढेको छ । 

यस दिन २३८ कम्पनीहरूका ६७ हजार ७६० पटकको कारोबारमा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरका १ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच भएका छन् । 

यस दिन नेप्से ओरालो लागे पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button