सल्यानमा धान उत्पादन सात प्रतिशतले घट्यो

सल्यान । सल्यानमा चालु आर्थिक वर्षमा बर्खे धान सात प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले सल्यानमा धान उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा २९ हजार ७ सय ९९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाई भएको भएता पनि बाली भित्र्याउने क्रममा लगातारको वर्षाका कारण उत्पादनमा कमी आएको सूचना अधिकारी बस्नेतको भनाई छ ।
समयमै खेती भएकाले यो वर्ष उत्पादन बढ्ने आङ्कलन गरिरहेको समयमा लगातारको वर्षाले काटेको धान बालीमा क्षति पुर्याउँदा उत्पादन घटेको उहाँको भनाई छ ।
यस्तै, बर्षे मकैको उत्पादन घटेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा १ दशमलव २ प्रतिशतले मकै उत्पादन घटेको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा ६८ हजार ४ सय ९३ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा घटेर ६७ हजार ७ सय ९० मेटिकट्न मात्र उत्पादन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्