जीविकोपार्जन परियोजनाको अनुगमन, स्थानीय व्यवसायी केन्द्रित बन्दै

दाङ । विभेदमा पारिएका समुदायको जीविकोपार्जन सुधार परियोजनाको अनुगमन गरिएको छ ।
दलित सेवा सङ्घद्वारा सञ्चालित विभेदमा पारिएका परियोजनाको अनुगमन गरिएको हो ।
दलित सेवा सङ्घ दाङले विकास कोष नर्वेको आर्थिक सहयोगमा विभेदमा पारिएका समुदायको जीविकोपार्जन सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजना दाङ र सल्यानका ५ वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ ।
दलित सेवा सङ्घले विकास कोष नर्वेको सहयोगमा सन् २०१७ देखि २०२० सम्म विभेदमा पारिएका समुदायको जीविकोपार्जन सुधार परियोजना सञ्चालन गरेको थियो भने सन २०२१ देखि २०२५ सम्म दोस्रो चरणमा परियोजना सञ्चालन भइरहेको कार्यक्रम अधिकृत छबि परियारले जानकारी दिनुभयो ।

परियोजनाले सञ्चालन गरेका क्रियाकलाप अन्तर्गत बबई गाउँपालिकामा दलित महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाद्वारा सञ्चालित सामूहिक तरकारी खेती र बङ्गुर पालनको अनुगमन गरिएको छ ।
पहिलो चरणको कार्यक्रम प्रभावकारी रहेका कारण दोस्रो चरणमा परियोजना थप भएको दलित सेवा संघका सहसचिव सन्तोष चनाराले जानकारी दिनुभयो ।
परियोजनामार्फत सहकारी गठन, सहुलियतमा ऋण प्रवाह, सामूहिक तरकारी खेतीका लागि जग्गा लिजमा लिने कार्यहरू परियोजना मार्फत भइरहेका छन् ।

बबई गाउँपालिका ५ की उमा सुनारले सङ्घमार्फत सञ्चालन भएको कार्यक्रमले व्यवसाय गर्न उत्साहित बनाएको बताउनुभयो ।
अनुगमनमा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, योजना शाखा प्रमुख तिलक केसी, दलित सेवा संघका सचिव सन्तोष चनारा, कार्यक्रम अधिकृत छबि परियार, कर्मचारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्