तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीको २५ लाखको सामान बरामद

बीरगंज । भन्सार छलीको २५ लाख मूल्य बराबरको लत्ताकपडा तथा खुद्रा मालबस्तु बोकेको ट्रक सहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडक खण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकमा रहेका भारतीय लत्ताकपडा तथा माल समानको चालकले बिलबिजक देखाउन नसकेपछि ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय चालक प्रेम बहादुर स्याङ्बो तामाङलाई पक्राउ गरिएको खनालले बताउनुभयो । 

पक्राउ परेका तामाङविरुद्ध राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान थालिएको खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button