राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड
काठमाडौँ । राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सरल, सहज र प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विद्युतीय राहदानी सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन दिनभर लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले पहिलेको भन्दा राहदानी वितरणको प्रक्रिया सरल हुँदै गरेको भन्नुहुँदै भिड व्यवस्थापनमा केही समस्या देखिए पनि चाँडै समस्याको समाधान हुने बताउनुभयो ।
महानिर्देशक अर्यालले मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको सुरुवात गरिएको भन्नुहुँदै एक हजार जनालाई विद्युतीय राहदानी दिन सक्ने क्षमता विभागको रहेको उल्लेख गर्नुभयो ।
बैठकमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराइले कानुनी जटिलता र प्राविधिक जनशक्तिको अभावका कारण काममा ढिलासुस्ती हुने गरेको भन्दै समस्या समाधानका लागि आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्