तपाईँ सुन्दै हुनुहुन्छः

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

काठमाडौँ ।  ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ । 

उनीहरूलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । 

पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिनुभयो । 

यसअघिको सिआइबीको अनुसन्धानले उनीहरूसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button