तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्डको पहलमा बाँदर झुलावासीसँग तीन बुँदे सहमति

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदर झुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ । 

अध्यक्ष प्रचण्डले सुकुम्वासीका प्रतिनिधि र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठ र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायतसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्नुभएको थियो । 

छलफलमा भएको सहमतिका आधारमा भूमि आयोगले समस्या समाधानका लागि तीन बुँदे सहमति गरेको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो । 

सो अवसरमा अध्यक्ष प्रचण्डले सुकुम्वासी समस्या समाधानका लागि विशेष पहल भइरहेको र केही समयभित्रै बाँदर झुलावासीले जग्गा र जग्गाधनी पूर्जा पाउने विश्वास दिलाउनुभएको थियो ।

चितवनको माडी नगरपालिका–९ बाँदर झुलाका भूमिहीन र सुकुम्वासीले आफूहरूलाई जग्गाको स्वामित्व दिलाउनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button