तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । झापामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० निवासी ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो राति ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रायलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक इलामको सन्दकपुर गाउँपालिका–३ का रोशन लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button