कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यक छ : अध्यक्ष नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलवार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन जोगिनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले कम्युनिष्ट आन्दोलन र विचारले नै नेपाल राष्ट्रको गरिमालाई उचाइ दिन सक्ने धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलन लोकप्रिय बनाउनुपर्ने बताउँदै नेपालले कम्युनिष्ट विचार र सिद्धान्तलाई जनतासामु बुझाउन गाउँ–गाउँसम्म अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
वामपन्थी राजनीतिको मर्मलाई आत्मसाथ गरेर आफूहरूले आन्दोलन गरेको भन्दै परिणाममुखी काम गरेर नेपाली जनताको विश्वास जित्ने गरी आफूहरू केन्द्रित भएको उहाँको भनाई थियो ।








प्रतिक्रिया राख्नुहोस्