तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । 

एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । 

एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचाराधीन विषयमा छलफल हुन नसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

सभामुख सापकोटाको आग्रहपछि पनि एमाले सांसदहरूले नाराबाजी र रोष्ट्रम घेराउ जारी राखेपछि सभामुखले संसद्को आजको कार्यसूची अगाडि बढाउनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button