तपाईँ सुन्दै हुनुहुन्छः

३२ करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक रिसोर्ट सञ्चालनमा

चितवन । भरतपुरमा ३२ करोडको लगानीमा अत्याधुनिक भूकम्प प्रतिरोधात्मक रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न व्यवसाय र क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानी चितवन मिड टाउन (सिएमटी) रिसोर्ट सञ्चालनमा आएको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गरी रिसोर्ट व्यवस्थापनले औपचारिक रूपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय , पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । राजमार्गमा यथेष्ट पार्किङ र सबै सुविधा सहितको सेवा दिने उद्देश्य सहित रिसोर्ट सञ्चालन ल्याइएको हो ।

२०७६ सालबाट निर्माण कार्य सुरु भएको रिसोर्ट हालै मात्र सम्पन्न गरी सेवा शुभारम्भ गरिएको दुवाडीले बताउनु भयो । उहाँका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीन वटा हल रहेका छन् । एकै पटक सयजनकलाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलो पटक युरोपियन प्रविधिको किचन र वातावरणमैत्री बिजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीले बताउनु भयो । आगामी दिनमा डिस्को बार सहितको बसको सुविधा दिन लागिएको बताउँदै अध्यक्ष दुवाडीले विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकलाई डिनरको सुविधा सहित घरसम्म पुर्‍याउने व्यवस्था गरिने बताउनुभयो ।

राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ वटा रुम रहेको र छ रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ । कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भूकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसँगै सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो ।

घिमिरेका अनुसार हाल यहाँ सबै गरी ६२ जनाले प्रत्यक्ष रोजगारी पाएको र निकट भविष्यमा यो सङ्ख्या सय जनासम्म पुर्‍याइने छ । एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई तीन भागमा विभाजित गरिएको चितवन हल, मीडहल र टाउनहल गरी वर्गीकृत गरिएको उहाँले जानकारी दिनुभयो । जस अनुसार चितवनहलमा २०० जना क्षमता र मीड हलमा ७०० र टाउन हल दुई हजार जनाको क्षमता रहेको छ । राजमार्ग भएर हिँड्ने यात्रुको लागि छोटो समयको लागि आराम र सुत्ने समयको समेत व्यवस्था गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button