९ लाख बढी मूल्य पर्ने तस्करीको सामान बरामद
बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका प्रहरी युनिटहरूले आज दिउँसो बीरगंज महानगरपालिकाको ईनर्वा, नगवा र छपकैया लगायतका नाकाहरूबाट अवैध रुपमा राजस्व छलेर भित्र्याइएको ९ लाख भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
बरामद गरिएका सामानहरूमा चिनी, भारतीय कपडा, मोटरपार्टस लगायत ९ लाख १७ हजार ८ सय मूल्य बराबरको सामान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्