विपन्न उपभोक्तालाई बाख्रा वितरण
कैलाली । कैलालीको टीकापुर नगरपालिकास्थित सत्ती कर्णाली सामुदायिक वनले विपन्न उपभोक्ताको आयआर्जनका लागि बाख्रा वितरण गरेको छ ।
सम्पन्नता स्तरीकरण अनुसार ग वर्गमा रहेका ५० उपभोक्तालाई एक/एक वटा बाख्रा वितरण गरिएको हो । उपभोक्ता समूहले बर्दियाको ईश्वरी गन्जबाट ५० वटा बारबेरी जातको बाख्रा र चार वटा बोका खरिद गरी उपभोक्तालाई दिएको छ ।
वनको आम्दानीको केही प्रतिशत विपन्न उपभोक्ताको जीविकोपार्जनमै खर्च गर्ने सामुदायिक वनको नीति अनुसार पछिल्ला वर्षहरूमा उपभोक्तामा नगद लगानी गर्दै आएको सामुदायिक वनले यस वर्षबाट भने उन्नत जातको बाख्रा नै किनेर दिएको वनका कोषाध्यक्ष मणिराम ढुङ्गानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्