तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ७ करोड लगानीमा अलैँची प्रशोधन उद्योग सञ्चालनमा

भद्रपुर, झापा । झापामा ७ करोडको लगानीमा अलैँची प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।

अर्जुनधारा ८ मा रहेको एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको अलैँची प्रशोधन उद्योगबाट अलैँचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज ब्राण्डको मिजाज माउन्टेन पल्र्स, मिजाज अलैँची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैँची नामका चार वटा उत्पादन गरिएको सञ्चालक निर्मल भट्टराईले जानकारी दिनुभयो ।

माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैँची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो विशेष गरी माउथ फ्रेसनरको रूपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने अध्यक्ष भट्टराईले बताउनु भयो ।

मिजाज अलैँची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकारका साथै चिया, सर्बत र कक्टेलजस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ ।

यस्तै, मिजाज अलैँची दाना उच्चस्तरीय अलैँची दानालाई प्रशोधित गरी शाकाहारी र मांसाहारी परिकार, मिठाइ तथा चिया, सर्बत र कक्टेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिनेछ । 

नेपाली कच्चा अलैँचीलाई प्रशोधनसहित तेस्रो मुलुकसम्म निर्यात गर्ने उद्देश्य राखेर सुरु गरिएको उद्योगले विदेशी मुद्रा आर्जन गर्ने र नेपाली अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेमा आफूहरू आशावादी रहेको उद्योगका प्रबन्धक निर्देशक सञ्जीव घिमिरेले बताउनुभयो । 

उद्योगको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल र अभिनेतृ स्वस्तिमा खड्काले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । नायिका खड्का उद्योगको ब्राण्ड एम्बेस्डर हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button