तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा मानवअधिकार उलङ्घनका घटना बढ्यो

रुकुम । रुकुम पश्चिममा एक वर्षको अवधिमा ५८ वटा मानव अधिकार उलंघनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रुकुम पश्चिमले नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२२ को लागि गरेको वार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि मनिषा के.सी.ले प्रस्तुत गर्नुभएको विवरणमा जिल्लामा पछिल्लो समय मानव अधिकार उलङ्घन र हिंसाका घटना बढेको उल्लेख छ । प्रतिवेदनमा नागरिक तथा राजनैतिक अधिकारका ८ वटा, बाल अधिकारका १२ वटा र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव र दुर्व्यवहार सम्बन्धित ३८ घटनाहरू समावेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button