तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि कारोबार स्थगित

काठमाडौँ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि मङ्गलवारको कारोबार स्थगित भएको छ ।

यसअघि कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात् १२ः३८ मा नेप्सेको सूचक ११४ दशमलव २५ अङ्क  अर्थात् पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । 

कारोबार बन्द भएको ४० मिनेटपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने बित्तिकै निरन्तर बढेर ६ दशमलव ०१ प्रतिशतले नेप्से बढेकाले मङ्गलवारको कारोबार नै बन्द गर्नु परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेले कारोबार अवधिभर ६ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने गरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै ४ प्रतिशत र दोस्रो घण्टाभित्र ५ प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि ६ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button