तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरको प्रशासकीय भवन शिलान्यास

कास्की । पोखरा महानगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ ।

पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवि गुरुङले पोखरा वडा नंम्वर ८ मा रहेको दम्कल मार्गमा रहेको सहरी स्वास्थ्य भवनसँगै नयाँ भवन निर्माणको आज शिलान्यास गर्नुभएको हो । 

हाल कार्यालय रहेको भवन साँघुरो भएको र जनताकै करका कारण उक्त भवन बन्न लागेको मेयर मानबहादुर जि.सीले बताउनुभयो । 

उहाँले भन्नुभयो “आगामी दिनमा भवन निर्माणको कामलाई निरन्तर अनुगमन गर्दै आवश्यक  कुरा परिपूर्ति गर्दै समयमा नै निमार्ण सम्पन्न हुने गरी काम गर्न जिसीले आग्रह गर्नुभयो । 
 

अनुमानित लागत १९ करोड ५ लाख छ हजार ३ सय ५ रुपैयाँ लागतमा महानगरको प्रशासकीय भवन निमार्ण हुने पालिकाका इन्जिनियर पूर्णबहादुर गुरुङले बताउनुभयो ।  

उहाँका अनुसार भूमि बुद्ध ओम बुद्ध जेभी विराटनगरसँग असोज १० गते ठेक्का सम्झौता भइसकेको छ । सम्झौता अनुसार ५ तले भवन ठेक्का सम्झौता मितिदेखि १८ महिनामा सम्पन्न गरिसक्नु पर्नेछ ।  
                 

शिलान्यास कार्यक्रममा केही बेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले खुल्ला ठाउँमा पार्क र वृद्धाश्रम बनाउने पर्ने माग राखेका थिए । 

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राम्रो काम गर्दा सानोतिनो अवरोध आउनु स्वाभाविक भएको भन्दै महानगरपालिकाले आफ्नै लालपुर्जा भएको स्थानमा भवन बनाउन लागिएको भन्दै अवरोध आउनु लाजमर्दो कुरा भएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button