ऊर्जा कूटनीति निर्णायक हुन सक्छ: मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिक भन्दा ऊर्जा कूटनीति नै निर्णायक हुन सक्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलिसि इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले विद्युत् प्राधिकरणले कम्पनी मार्फत व्यापार गर्न पाउने गरी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको बताउनुभयो । निजी क्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभए पनि कारोबार विद्युतको कारोबार गर्न अनुमति दिन सकिने बताउनुभयो ।
विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् निर्यातका लागि आयोगले हदैसम्मको सहयोग गरिरहेको बताउनुभयो ।
योजना आयोगका पूर्व सदस्य डा.अव्रिन्द्र मिश्रले नेपाल अहिले विद्युत् आयात र निर्यात दुवै गर्न सक्ने अवस्थामा रहनु अवसर भए पनि नेपालले विद्युत् निर्यात गर्नु रहर नभएर बाध्यता हुनु नै चुनौती भएको बताउनुभयो ।
ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले सतर्कता पूर्वक विद्युतको व्यवस्थापन गर्नुपर्ने र अहिलेको माग अनुसार २०२८ सम्म ५० हजार गिगावाट आवर विद्युत् बढी हुने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङको चुनौती रहे पनि अहिले उत्पादित विद्युत् कसरी खपत गर्ने भन्ने नै मुख्य चुनौती रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्