तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न

पाँचथर । कृषि तथा पशुपन्छी बिमासम्बन्धी एक दिने अन्तरक्रिया र घुम्ती बिमा सेवा कार्यक्रम पाँचथरको फिदिममा सम्पन्न भएको छ । 

एन.एल.जी. इन्स्योरेन्स कम्पनी फिदिम कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषि बिमाको अर्थ, महत्त्व तथा प्रभावकारिताको बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रममा पशु बीमालेख जारी गरी घुम्ती बिमा सेवा समेत प्रदान गरिएको थियो । 

कार्यक्रमको सहजीकरण  एन.एल.जी. इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा पाँचथरका कृषकहरू, फिदिम नगरपालिका १ नम्बर वडा अध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख तीर्थ मिश्र, पशु प्राविधिक लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button