काँग्रेसको १४औँ महाधिवेशन: गण्डकीबाट तीन दर्जनभन्दा बढी नेताहरू आकाङ्क्षी

कास्की । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट तीन दर्जन बढी नेताहरू आकाङ्क्षी देखिएका छन् ।
प्रदेशका केही नेताहरूले विभिन्न पदमा यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही नेताहरू केन्द्रको समीकरण कुरेर बसेको देखिन्छ ।
काँग्रेसका पूर्व उपसभापति रहनुभएका गण्डकीका नेता गोपालमान श्रेष्ठले आफु पदाधिकारीमा आउन चाहेको बताउनुभएको छ । त्यस्तै , युवा नेता नेता प्रदीप पौडेलले महामन्त्रीमा उठ्ने चाहना गर्नुभएको छ भने जीवन परियार, गोविन्द भट्टराई, शङ्कर भण्डारी र धनराज गुरुङले सह महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
यता, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकीका मुख्यमन्त्रीसमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री विन्दुकुमार थापा, मणिभद्र शर्मा कँडेल, पूर्व कानुन मन्त्री यज्ञबहादुर थापा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, नेतृ लक्ष्मी पाण्डे, माया बराल, नेताहरू शोभियतबहादुर अधिकारी, देवराज चालिसे, गुरु बराल, निर्मल कर्माचार्य, वीरेन्द्रनारायण बिजुक्छे र ऋषि काफ्लले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरी सक्नुभएको छ ।
गण्डकीका विना विभागीय मन्त्री डोबाटे विश्वकर्मा, धुव्र वाग्ले, रामचन्द्र पोखरेल, पर्वतका नवराज गुरुङ, बागलुङका नेता एवं पूर्व सांसद प्रकाश शर्मा पौडेल, नेता डिल्लीराम सुवेदी र अर्जुन शेरचन, टेकराज पौडेल, दक्ष पौडेल, नेतृ शकुन्तला शर्माले पनि केन्द्रीय सदस्यमा चाहना गरेर उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
गण्डकीबाट ४ सय ८० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्