तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस गण्डकी प्रदेशको मतदान सम्पन्न

पोखरा ।  नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सम्पन्न भएको छ । 

नयाँ नेतृत्वको लाग नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पहिलो अधिवेशनमा कुल १ हजार १ सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको छ।  

तीन वटा समूहमा विभाजन गरेर मतगणना आज रातिबाटै पोखरा उद्योग वाणिज्य सङ्घमा सुरु गरिने तयारी छ ।

गण्डकी प्रदेशमा सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १ सय ५० जनाको प्रतिस्पर्धा छ । सभापतिमा अर्जुन जोशी र  शुक्रराज शर्माको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button