लायन्स क्लबद्वारा दृष्टिविहीन छात्रालाई खाद्यान्न सहयोग

सुर्खेत । लायन्स क्लब अफ सुर्खेत सिद्धपाईलाले विपन्न तथा असहाय दृष्टिविहीन छात्राहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लबले श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा अध्ययनरत १९ जना दृष्टिविहीन छात्रालाई एक महिना पुग्ने पिठो, चना, तेल, नुन, चिउरा, भुजा, चिनी, चियापत्ती, मरीचलगायतका सामाग्री सहयोग गरेको हो ।
लायन्स क्लब सिद्धपाईलाका अध्यक्ष जानु गैरे सुवेदी, सदस्य गीता ओली, डिस्ट्रिक्ट चीफ लायन टिकाराम चपाईले उक्त सहयोग सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद गौतमलाई हस्तान्तरण गर्नु भएको हो । अध्यक्ष गैरेले लायन्स क्लबले समाजका विपन्न तथा आर्थिक रूपले पछाडि परेका व्यक्तिहरूसँगै विभिन्न सङ्घ संस्थालाई सहयोग गर्दै आइरहेको जानकारी दिनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा विव्यसका अध्यक्ष विद्यालयको आवासीय छात्रावासमा रहेमा विपन्न तथा असहाय दृष्टिविहीन छात्राहरूका लागि लायन्सले गरेको सहयोगलाई धन्यवाद व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्